आदिपुरुष बाहेकका हिन्दी फिल्म प्रदर्शन गर्ने चलचित्र संघको निर्णय

काठमाडाैं | असार ८, २०८०

आदिपुरुष बाहेकका हिन्दी फिल्म प्रदर्शन गर्ने चलचित्र संघको निर्णय

काठमाडौं:   नेपाल चलचित्र संघले आदिपुरुषबाहेक अन्य स्वदेशी तथा विदेशी चलचित्र नेपालभर प्रदर्शन गर्ने निर्णय गरेको छ ।


उच्च अदालत पाटनको असार ७ गते गरेको विपक्षीहरुको नाममा हिन्दी एवम् अन्य चलचित्र प्रदर्शन गर्न बाधन नगर्नू नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।


उक्त आदेशको सम्मान गर्दै आज (शुक्रबार)बाटै नेपालभर फिल्म प्रदर्शन गर्ने निर्णय गरेको शुक्रबार संघका महासचिव नरेन्द्र महर्जनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


विज्ञप्तिमा भनिएको छ, ‘‘नेपालको कानुनको अधीनमा रही स्वतन्त्र रुपमा व्यवसाय गर्न पाउनु हाम्रो नैसर्गिक  अधिकार हो । राष्ट्र र राष्ट्रियताभन्दा माथि कोही पनि छैन भन्ने नेपाल चलचित्र संघको सदैव मान्यता रहेको छ । अदालत, संविधान एवम् ऐन कानुनको पालना गर्नु हरेक नागरिकको कर्तव्य रहेको हुँदा हामी चलचित्र व्यवसायीहरु उक्त कर्तव्यमा दृढ सङ्कल्पित रहेका छौं ।’’


केही दिनअघि काठमाडौं महानगरपालकाका प्रमुख बालेन्द्र साहले हिन्दी फिल्म आदिपुरुषमा रहेको संवादका विषयलाई लिएर काठमाडौं महानगरभित्र हिन्दी फिल्म रोक लगाउने निर्णय गरेको थियो ।


बिहीबार उच्च अदालत पाटनले काठमाडौंका चलचित्र हलहरूमा हिन्दी फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले हिन्दी फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

थप पढ्नुहोस्

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्